भदौ १२ । आफू प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार रहेको पूर्वअर्थसचिव रामेश्वर खनाल नेपाली कांग्रेस प्रवेश गर्दा एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई भने चित्त दुखेको छ ।
भट्टराईले यसरी चित्त दुखाएको कुरा भने सामाजिक सञ्जाल ट्विटरमार्फत पोखेका छन् ।
भट्टराईले ट्वीटरमार्फत कांग्रेस दृष्टिकोणविहीन र पुरानो पार्टी भन्दै खनाल त्यस्तो पार्टीमा गएको भन्दै दुःख व्यक्त गरेका छन् । तर व्यक्तिगत रुपमा ट्विटरमा उनले खनालको राम्रो होस् भनेर कामना भने गर्न छुटाएका छैनन् ।
खनाल सोमबार कांग्रेसमा प्रवेश गरेका थिए । त्यसको भोलिपल्ट भट्टराईले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् ।
Comments