भदौ ११ । नेपाली बजारमा सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेर ६० हजार रुपैयाँ नजिक पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो चढेपछि नेपाली बजारमा पनि त्यसको सोझो प्रभाव परेको हो ।

आज भन्दा करिब ६ महिना अगाडी ६२ हजारसम्म पुगेको सुनको मुल्य त्यसपछि ओरालो लागेर ४८ हजारसम्म झरेको थियो । त्यसयता सुनको भाउ अस्थिर बन्दै आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुनको भाउ तोलाको ५९ हजार ९ सय रुपैयाँ तोकेको छ ।

यस्तै, मंगलबार तेजाबी सुन पनि तोलामा १ हजार रूपैयाँ बढेर ५९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार ४९ रुपैयाँ पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।