यतिसम्म कि अमेरिकी सेनाहरु सिरियामाथि आक्रमण गर्न सिरियाको राजधानी दमास्कसलाई घेराभित्र जस्तो पारेर तयारी अवस्थामा बसेको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सिरियाले आफ्नो देशका आन्दोलनकारी विरुद्ध रासायनिक हतियार प्रयोग गरेको भन्दै अमेरिकाले त्यहाँ आक्रमणको तयारी गरेको हो ।
अमेरिकी राष्ट्रपति ओबामा र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनबीच आइतबार भएको टेलिफोनवार्तामा सिरियामा सैनिक आक्रमण गर्न सहमति भएको बताइन्छ ।
तर यही विषयमा भने संयुक्त राष्ट्रंघीय सुरक्षा परिषदमा मतभेद बढेर गएको छ ।
परिषदमा रहेका रुस र चीन सिरियामाथि सैनिक हस्तक्षेपको विपक्षमा छन् भने अमेरिका, बेलायत र फ्रान्स सैनिक हस्तक्षेप गर्नुपर्ने छन् ।
यता, अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाले आफ्नो देशका आन्दोलनकारी विरुद्ध रासायनिक हतियार प्रयोग गरेको दाबी गरेका छन् भने रुसी विदेशमन्त्री सेर्गेई लवारोफले एक पत्रकार सम्मेलन आयोजना गरी सिरियामा जैविक हतियारको प्रमाण फेला नपरेको भन्दै अमेरिकी कदमप्रति विरोध जनाएको छ ।
यस्तै, सिरिया सरकारले भन्ने रासायनिक हतियार प्रयोग गरेको भन्ने अमेरिकी आरोपको खण्डन गरेको छ । तर, अमेरिकी सेना भने सिरियामाथि आक्रमण गर्न ओबामाको आदेश मात्रै कुरिरहेका छन् ।