भदौ ११ । करिब १ वर्षदेखि ब्लड क्यान्सरबाट थलिएका हस्तिचौर–६ गुल्मीका बालक रमेश घिमिरेलाई विदेशबाट सहयोग रकम प्राप्त भएको छ ।

अहिले बेईजिङमा रहेका वस्तु, गुल्मीका रामप्रसाद पाण्डेको नेतृत्वमा बेईजिङबाट ६० जना गैर आवासीय नेपालीले घिमिरेलाई १ लाख आर्थिक सहयोग पठाएका छन् ।

घिमिरेका बाबु रामलाल घिमिरेले पत्रकार सम्मेलन गरेर सहयोग रकम सार्वजनिक गरेका हुन् ।

साथै उनले आफ्नो छोरालाई सहयोग गर्ने सवैलाई धन्यवाद समेत दिए । छोराको उपचारको लागि लाखौँ खर्च लाग्ने भएपछि आर्थिक अवस्था कमजोर भएका घिमिरेले सवैलाई उपचारको लागि सहयोग गर्न समेत अनुरोध गनरे ।

घिमिरेका अनुसार आफू सक्दो सहयोग गर्नका लागि राष्ट्रिय बाणिज्य बैंककोखाता नम्बर ३५२४७ मा रकम जम्मा गर्न सकिने छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।