भदौ ११ । छात्रासँग एक शिक्षकले अनैतिक सम्बन्ध गाँसेको भन्दै अछामको नवाठानामा रहेको श्रीकृष्ण माविका विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका छन् ।
धनुषा घर भई करिब एक बर्षदेखि उक्त विद्यालयमा कार्यरत प्रविन यादवले कक्षा ९ मा अध्ययनरत एक छात्रासंग अनैतिक सम्बन्ध गाँसेको खुलासा भएपछि पटक पटक सम्झाउदा समेत कुनै वास्ता नगरेपछि विद्यालयमानै ताला लगाएको विद्यार्थीहरुको भनाई छ ।
उनीहरुले तत्काल अर्को शिक्षक नियुक्ती गरेर पठनपाठन नियमीत गराउनु पर्ने, यादब र छात्रालाई विद्यालयबाटै निस्कासित गर्नुपर्ने लगायतका माग गरेका छन् ।
विद्यालय ब्यवस्थापन समीतीकै केही ब्यक्तिको मीलेमतोमा कारबाहीको साटो यादबलाई रातारात भगाएको आरोप लगाएका छन् । विद्यालयमा अहिले करिब ४ सयभन्दा बढी बिद्यार्थी अध्ययनरत छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।