भदौ ११ । विना स्वीकृति र मापदण्डविपरित बनेका भवन भत्काउने र कारबाही गर्ने गरेको सरकारले सिंहदरबारभित्रका भवन भने सम्बन्धीत निकायको स्वीकृति नै नलिइ निर्माण गरेको आजको नयाँ पत्रिकाले खबर छापेको छ ।

महानगर क्षेत्रभित्र बन्ने सबै भवनले महानगरबाट निर्माण अनुमति र प्रारम्भिक नक्सा पास गराउनुपर्ने प्रावधान छ। सो नियम पालना नगरेको भवनलाई महानगरपालिकाले गैरकानुनी घोषित गरी भत्काउने समेतको कारबाही गर्दै आएको छ। तर, सिंहदरबारभित्रका भवन निर्माणमा नक्सा पास नगराइएको तथा मापदण्ड नै पालना नगरिएको खुल्न आएको छ ।