भदौ ११ । सिटी राइडले किचेको त्यही बसका सहचालकको मृत्यु भएको चार दिन बितिसक्दा पनि शवको सनाखत हुन सकेको छैन ।

ना.३ ख १६२३ नम्बरको बस वीरगंज आउने क्रममा ओभरटेक गर्दा बसका सहचालक पछाडिको चक्कामा परेपछि उनको मृत्यु भएको थियो ।

अन्दाजी १५/१६ वर्षको पहाडी मूलका युवक भर्खर काममा आएकाले पहिचान गर्न गाह्रो भएको र परिवार पनि सम्पर्कमा नआएको सिटीराइड बस व्यवसायी सङ्घ उपसमितिका अध्यक्ष वीरेन्द्र पटेलले बताए ।

हिजोसम्म शवको सनाखत हुन नसकेको र चाँडै सनाखत गर्न प्रहरी लागिपरेको पर्सा प्रहरीले बताएको छ ।

शवको सनाखत नहुँदा चार दिनदेखि नारायणी उपक्षेत्रीय अस्पतालमा शव राखिएको जिल्ला प्रहरि कार्यालय पर्साले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।