
कांग्रेस केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनलाई नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले माला लगाएर पार्टी प्रवेश गराए ।
सो क्रममा खनालले ४१९९५२ नम्बरको सदस्यता रसिद समेत लिएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा पुर्वसचिव खनालले आफू मुलुकको विकासका लागि राजनीतिक दलमा प्रवेश गरेको अभिव्यक्ति दिएका छन् ।
कार्यक्रममा आफू मुलुकको आर्थिक विकासमा योगदान दिन दलको राजनीतिमा प्रवेश गरेको भन्दै अब दलको प्राथमिकतामा आर्थिक विकास हुनुपर्ने बताए ।
खनाल तीन वर्ष अघि तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीसँग बजेट निर्माणको प्रक्रिया असहमति हुँदा पदबाट राजीनामा दिएका थिए । तर, पछि बाबुराम भट्टराईको कार्यकालमा आर्थिक सल्लाहकार भएका थिए ।