भदौ १०  । श्रीलंकाली  फास्ट बलर लासिथ मालिङ्गाले सुत्केरी श्रीमतीको स्याहार सुसारका लागि  केही  दिनका लागी क्रिकेटबाट बिदा  लिएका छन् । समाचार अनुसार उनी सेप्टेम्बरको अन्तिममा दोश्रो सन्तानका पिता  बन्ने जनाइएको  छ ।

श्रीमतीको हेरचाहका लागिमालिङ्गाले श्रीलंकालीले क्रिकेट टिमको जिम्बाबे भ्रमण र च्याम्पियन्स लिग मा भाग नलिने भएका  हुन ।

 मालिङ्गाको    व्यक्तिगत कारणले  बिदा चाहीएकोले  र उनी जिम्बाबे भ्रमणमा नजाने  श्रीलंकाली क्रिकेट बोर्ड बताएको छ ।

उक्त च्याम्पियन्स लिग क्रिकेट सेप्टेम्बर २१ देखि अक्टुबर ६ सम्म चल्ने छ भने श्रीलंकाको जिम्बाबे भ्रमण अक्टुबर २६ मा सुरु हुने छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।