भदौ १० । ट्रान्सफर्मर खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवसहित २२ उच्च अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरेर ४१ करोड १८ लाख ४० हजार ५ सय ७१ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार उनीहरूविरुद्ध मुद्दा दायर गरेको राजधानी दैनिमा खबर  छ । 

अख्तियारले भ्रष्टाचार अभियोगमा भ्रष्टाचार गरेको रकमबराबरको जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने दावी गरेको छ । प्राधिकरणले विश्व बैंकको सहयोग र आफैँले गरी विभिन्न चरणमा गरी १ हजार ९ सय ९५ थान ट्रान्सर्फमर खरिद गर्दा सो बराबरको रकम भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

प्राधिकरणले पहिलो चरणमा १ हजार २ सय ६० थान र विश्व बैंकको सहयोगमार्फत ७ सय ३५ थान ट्रान्सफर्मर खरिद गरेको भन्दै अख्तियारले दुवै खरिद प्रक्रियामा भ्रष्टाचार भएको बताएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।