भदौ ९ । रुपन्देहीको मर्चवार इलाका प्रहरी कार्यालयमै स्थानीय रामसेवक धोबीको मृत्युको विषयलाई लिएर स्थानीयबासीले आज प्रदर्शन गरेपछि मर्चावार क्षेत्रमा तनाब भएको छ । गत साउन २८ गते धोवीको शव नालामा भेटिएको र प्रहरीले उनको मृत्युबारे छानबिन नै नगरी दाहसंस्कार गरेको भन्दै स्थानीयवासीले प्रहरी चौकीवरिपरि प्रर्दशन गरेपछि भिड नियन्त्रण गर्न प्रहरीले अश्रुसेल प्रहार गरेको छ।
त्यस क्रममा दुई जना प्रदर्शनकारी घाइते भएको जनाइएको छ ।
Comments







