भदौ ८ । राष्ट्र र राष्ट्रियता रहे पो हामी रहन्छौँ ! भन्ने लागेरै होला, विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकाहरु एक जुटेर भएर राष्ट्रियता जोगाउन कम्मर कसेका छन् ।

गणतान्त्रिक सञ्चारकर्मी मञ्च नेपाल, पत्रकार सुरक्षा समाज, मधेसी पत्रकार समूह, महिला सञ्चार समूह, नेपाल पत्रकार समाजको छाता मुनि रहेका तथा अन्य विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु राष्ट्रियताको मुद्धा र पेशागत हकहितका लागि एकजुट भएका हुन् ।

शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय स्वाधीनताको रक्षा तथा पेशागत हकहितका लागि राष्ट्रिय स्वाधीनताको लागि सञ्चार अभियान भन्ने मूल नारामा राष्ट्रिय सञ्चारकर्मी मञ्च नेपाल गठन गरिएको जानकारी गराईयो ।

राष्ट्रिय स्वाधीनताको पक्षमा सञ्चार अभियान सञ्चालन गर्ने, पत्रकारहरुको पेशागत हक, अधिकारको निम्ति संघर्ष गर्ने लगायत मञ्चको उद्देश्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पत्रकार सम्मेलनमा मञ्चका प्रचार विभाग प्रमुख राजु लामाले संगठनका उद्देश्यबारे जानकारी गराउँदै मञ्चले पहिलो चरणको आन्दोलन समेत घोषणा गरेको जानकारी दिए ।

पहिलो चरणको आन्दोलन अन्तर्गत राष्ट्रपति, मन्त्री परिषदका अध्यक्ष, तथा विभिन्न मन्त्रालयका साथै राजनीतिक दल, कुटनीतिक निकाय, तथा सञ्चार गृहहरुमा राष्ट्रिय स्वाधीनताको पक्षमा ध्यानाकर्षण गराउने लगायत रहेका छन् ।

उक्त कार्यक्रममा बोल्दै मञ्चका संयोजक एलएस लामाले यो कुनै पनि राजनीतिक दल तथा संघ संस्थासँग झुकाव राख्ने संगठन नभएको र यो विशुद्ध पेसागत भएको स्पष्ट पारे ।
कार्यक्रमा उनले राष्ट्रिय स्वाधीनता र पेशागत हकहितका लागि लड्ने अधिकार सबैसँग हुने भन्दै जसको विरोधी तथा पेसागत हकहितको विरुद्धमा लाग्नेहरुका विरुद्ध कसम खाएर लड्ने चेतावनी समेत दिए ।
पत्रकार सम्मेलनमा हाललाई एक संयोजक, १७ सदस्यीय सचिवालय र ४५ सदस्यीय केन्द्रिय समिति गठन गरिएको जानकारी समेत गराइयो । मञ्चमा आवद्धहुन इच्छुक संघ संस्था तथा पत्रकारहरुलाई सामेल हुन आग्रह समेत गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।