चक्र बहादुर के.सी/प्यूठान
भदौ ८ । प्यूठानमा खेतीयोग्य जमिन बाँझिने क्रम बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गाउँ–घरतिरका युवा विदेशतिर जानु र सहर–वजारमा जग्गा प्लटिङ गर्नेको संख्या बढ्न थालेपछि जमिन बाँझै हुन थालेको हो ।
जिल्ला कृषि विकास कार्यालय प्यूठानले दिएको जानकारी अनुसार जिल्लामा २० हजार ५ सय ९१ हेक्टर खेतबारी बाँझै छ । प्यूठानमा रहेको ४२ हजार ७ सय ६६ हेक्टर खेतीयोग्य जमिनमध्ये २२ हजार १ सय ७५ हेक्टर जमिनमा मात्र खेती गरिएको कृषि विकास कार्यालय प्यूठानका योजना अधिकृत उमेशचन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्लामा ६ हजार ५ सय २५ हेक्टर धान उत्पादन हुने खेत रहेको छ, भने सोही खेत पनि ४० हेक्टर बाँझै छ ।
जिल्लामा बाँझो हुने जमिन थपिने क्रम बढिरहेको कार्यालयको तथ्याङकले देखाएको छ । गतवर्ष २२ हजार हेक्टरमा खेती भएको थियो । यसवर्र्ष घटेर जिल्लामा २१ हजार हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको कार्यालयका योजना अधिकृत उमेशचन्द्र श्रेष्ठले जानकारी दिए । गाउँघरका युवा विदेशिनाले बारी नजोतिएको बताउँदै उनले सहर–बजारमा भने जग्गा किनबेचको कारोवार बढेर प्लटिङ गर्नेबाट जग्गा बाँझो भएको बताए । ‘गाउ–घरतिर ट्याक्टर पाइँदैन गोरुले जोत्ने मान्छे नभएर बाँझो भयो । यता बजारतिर भने प्लटिङले खेतीयोग्य जमिन खायो’, योजना अधिकृत श्रेष्ठले भने, ‘गाउँमै बसेपनि राम्रै कमाइने थियो, खेती किसानीमा प्रयास नै गर्दैनन् ।’
जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार आथिर्क वर्ष २०६९/०७० भन्दाँ आ.व.२०६८/०६९ मा खाद्यान्न बाली उत्पादनमा बढि भएको पाईन्छ । जिल्लामा आथिर्क वर्ष २०६९÷०७० मा ६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा १९ हजार १ सय पचासी मेट्रिक टन धान उत्पादन हुने गरेको छ । त्यस्तै ८ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा १९ हजार ५ सय मेट्रिक टन गहुँ, १२ हजार ५८ हेक्टर क्षेत्रफलमा १८ हजार ३ सय ५१ मेट्रिक टन मकै, १ हजार ९ सय पचासी हेक्टर क्षेत्रफलमा २ हजार ५ मेट्रिक टन फापर÷कोदो र ५ सय १० हेक्टर क्षेत्रफलमा ७ सय ९० मेट्रिक टन जाँै उत्पादन हुने गरेको तथ्याङक छ ।
यता आथिर्क वर्ष २०६९/०७० मा जिल्लाको २१ हजार हेक्टर क्षेत्रफलमा २१ हजार २ सय ७० मेट«िक टन दलहन बाली उत्पान भएको तथ्याङक जिल्ला कृषि विकास कार्यालय प्यूठानमा छ । जिल्लामा वर्षे फलफूलको उत्पादन भने अघिल्ला वर्षको तुलनामा उत्पादनमा वृद्धि भएको तथ्याङक छ । ‘जिल्लामा कुल क्षेत्रफल १ लाख २५ हजार ९ सय २२ हेक्टर क्षेत्रफलको ४२ हजार ७ सय ६६ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये जिल्लामा २१ जजार हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ । जिल्लामा २० हजार ५ सय ९१ हेक्टर खेतबारी नजोतेर बाँझो अवस्थामा रहेको तथ्याङक छ ।’
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।