भाद्र ८ । अमेरिकाको क्यालिफोर्नियाको जंगलमा लागेको आगोले योसेमाइट राष्ट्रिय निकुन्जलाई जोखिममा पारेको छ । 
हप्ता दिन अघिबाट सुरु भएको  आगो ४ सय २४ स्क्वायर किलोमिटर टाढा सम्म  फैलिसकेको  अधिकारीहरुले  जनाएका छ । उक्त पार्क  घुम्ने पार्क मात्र होइन  साच्चै नै धैरै नै सुन्दर नेशनल पार्क  रहेको  बताइएको छ ।
योसेमाइट राष्ट्रिय निकुन्जको १७ स्क्वायर माइल्ससम्म आगो लागेको  पर्यटकहरु सुरक्षित स्थान तर्फ लगिएको छ । आगो लाग्नुको कारण अहिले सम्म पत्ता लागेको छैन ।
आगोलाई नियन्त्रकका लागी २ हजार  भन्दा बढि अग्नि नियन्त्रक,  सयौँ प्रहरी खटेर आगो नियन्त्रण गरीरहेको बिबिसीले  जनाएको छ । क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले राज्यमा आपतकालिन स्थितिको घोषणा गरिएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।