भदौ ८ ।  बाराको नितनपुर २ स्थित भागवती स्टिल प्रालिमा आगलागीबाट दुई जनाको ज्यान गएको छ ।
आज १० बजे जिआई प्लान्टमा वेल्डिङ गर्ने क्रममा आगोको झिल्का उछिट्टिएर नजिकैको डिजेल र तेजाब ट्याङ्कीमा आगलागी भएको  बताइएको छ ।
आगलागीबाट  बारा भथौडा-३ का  कन्हैया साह र छातापिपरा  ६ का २० वर्षिय नरेश पासवानको ज्यान गएको  प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणमा लागि स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरीको टोलीले प्रयास जारी राखेका छन् भने जिल्लामा भएका सम्पूर्ण दमकललाई परिचालन  गरीएको छ ।  आगलागीबाट  ठुलो क्षति भएको अनुमान गरीएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।