मुम्बई पुलिसले फोटो प्रशिक्षार्थी पत्रकारलाई बलात्कार गर्ने पाँच जना संलग्न भएको भन्दै उनीहरुको स्केच सार्वजनिक गरेको छ । प्रहरीले घटनाको अनुसन्धानको लागि १६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिहरु लागूपदार्थका दुव्र्यसनी रहेको प्रहरीले जनाएको छ ।
एक पुरुष साथीसँग एक मुश्लिम इलाकामा तस्वीर लिन गएका बेला ती महिला पत्रकार बलात्कृत भएकी थिइन् । उनको अहिले अस्पतालमा उपचार भइरहेको छ ।
प्रारम्भिक रिपोर्ट अनुसार उनको योनीमा चोट लागेको बताइएको छ । उनलाई आईसीयु बाट निकालिएको छ भने उनको स्वास्थ्य अहिले स्थिर रहेको अस्पतालले जनाएको छ ।
Comments








