भदौ ७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागबाट १८ कर्मचारीलाई भ्रष्टचारको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
निगरानीमा रहेका उक्त विभागका २१ मध्ये १८ जनालाई आज दिउँसो अख्तियारले पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले दिएको जानकारी अनुसार वैदेशिक रोजगार विभागका १७ कर्मचारीलाई पनि अख्तियारले पक्राउ गरेको छ ।
अख्तियारको विशेष टोलीले अध्यागमन विभागमा सेवाग्राहीसँग घूस लिएको श्रव्यदृश्य प्रमाणसहित कर्मचारीहरुलाई थप छानबिनका लागि पक्राउ गरी हिरासतमा लिएको बताएको छ ।
यसरी दिनहुँ भ्रष्टचारको आरोपमा विभिन्न व्यक्तिहरु पक्राउ परेपछि अख्तियारको हिरासतमा भने मान्छे अटेका छैनन् ।
अख्तियारले त्यहाँ पक्राउ परेकाहरु नअटेपछि राजधानीका विभिन्न प्रहरी प्रभाग तथा परीसरमा पठाउन थालेको छ ।
आज अध्यागमन विभागबाट पक्राउ पर्नेमा शाखा अधिकृतहरु भोजबहादुर ऐडी, रामचन्द्र
कार्की, नरबहादुर बि.क., रामकृष्ण पराजुली, डिल्लीराम भट्टराई, दिवाकर
शर्मा, गोपीप्रसाद पौडेल, रामचन्द्र खतिवडा, कमलबहादुर कार्की र
विक्रमबहादुर सोमई, लेखा अधिकृत बाबुहरि पन्थी रहेका छन् ।
कार्की, नरबहादुर बि.क., रामकृष्ण पराजुली, डिल्लीराम भट्टराई, दिवाकर
शर्मा, गोपीप्रसाद पौडेल, रामचन्द्र खतिवडा, कमलबहादुर कार्की र
विक्रमबहादुर सोमई, लेखा अधिकृत बाबुहरि पन्थी रहेका छन् ।
यसैगरी वैदेशीक रोजगार विभागबाट पक्राउ परेका कर्मचारीहरुमा रोजगार विभाग
अन्तर्गतका शाखा अधिकृतहरु निर्मला न्यौपाने, मन्जु शर्मा सुवेदी, अजिता
शर्मा, मुक्ति प्रसाद खनाल, गंगाबहादुर भुजेल, ज्ञानेन्द्र शर्मा र पवित्र
कुँवर, कम्प्युटर अधिकृत हिराध्वज कार्की, नायव सुब्वा शंकर कार्की,
रमेशकुमार अधिकारी र योगेन्द्रकुमार अधिकारी, खरिदारहरु माधव भट्टराई, केशव
बन्जारा, भाषा अनुवादक (करार) रज उल्लाह, कम्प्युटर अपरेटरहरु सन्तोष
सुवेदी र कृष्णप्रसाद खतिवडा,कार्यालय सहयोगी यशोधा थापा मगर छन्।

Comments