शाहरुखको तारिख गरेर नथाक्ने पियंका आजभोलित तारिख त शाहरुखको नाम समेत लिन चाहन्न् । एक कार्यक्रममा सञ्चारकर्मीले शाहरुखकै नाम लिएर सोधेको प्रश्नले उनी निक्कै आक्रमक भइन् ।
फिल्म ‘जंजीर’ को प्रमोशनको क्रममा प्रियंकासँग सञ्चारकर्मीले के मात्र सोधेका थिए- ‘शाहरुखले सिंगिंङ करियर’ मा कतिको साथ दिए ? उनी एक्कासी जंगिन पुगिन् । र भनिन ‘शाहरुखको कुरा यहाँ कोइ गर्दैन।’
केही अडबडाएको अवस्थामा उनले सञ्चारकर्मीहरुलाई शाहरुखसँगको विषयमा केही लेख्ने मौका समेत नदिने चेतावनी समेत दिइन् ।
यी दुई जोडीले हलिउडमा डन, डान २ जस्ता चर्चित फिल्ममा सँगै काम गरेर लाखौँ दर्शकको मन जित्न भ्याईसकेका छन् ।
तर पछिल्लो पटक उनीहरुको सम्बन्धमा ठूलै तिक्तता आएको पाइन्छ । तर, कसरी र किन उनीहरुको सम्बन्ध बिग्रियो यो विषय दुई बाहेक अरुलाई भने कसैलाई नि थाहा छैन ।