भदौ । पछिल्लो पटक सुपस्तार अखिर खान कुनै पनि कार्यक्रममा देखिएका छैनन् । न त कुनै चलचित्रको सुटिंगमा नै । उनी कतै पनि नेदेखिएपछि भारतीय मिडियाहरुले उनको खोजी नीति निक्कै चर्को रुपमा गर्न थालेका छन् ।

केही मिडियाले अमिर खान खै भनेका छन् भने केहीले अमिर खान बेपत्ता भनेर समाचार दिएका छन् । खोजी नीति गर्दै जाँदा उनी गोप्यरुपमा एक महिनाको लागी अष्ट्रेलिया उडेको भने खुल्न आएको छ ।

तर उनी किन गएका हुन भन्ने बारेमा भने कसैले पनि चाल पाएका छैनन् ।

केही दिन अघि मात्रै अमिर खानको चलचित्र धुम-३ को प्रोमो सार्वजनिक भएको थियो । त्यो सँगै उनी बेपत्ता जस्तै भएका हुन् ।

त्यसै विषयलाई लिएर केही मिडियाले त अचानक गायब भएर चर्चा बटुल्ने र धुम-३ को प्रचार गर्ने नायक अमिरको ट्रिक भएको समेत भनेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।