भदौ ८ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि पुनः थप गरेको एक साताको समय शुक्रबार सकिएको छ ।

शुक्रबार अन्तिम दिन नाम लेखाउनेहरको उत्तिकै भिड लागेको थियो ।

पुनः थप गरिएको अवधिमा देशभर एक लाख ६२ हजार ८ सय १३ जनाले नामावली दर्ता गरेको आयोगले जनाएको छ भने शुक्रबार मात्रै देशभर ५४ हजार ५१८ जनाको नामावली दर्ता गराएका छन् ।

मतदाता नामावली दर्ता गराउने अन्तिम दिन काठमाडौँ उपत्यकाभित्रको काठमाडौँ निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा अत्यधिक भीड देखिन्थ्यो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।