भदौ ७ । दोलखाको बोच गाविसस्थित चरङ्गेमा दुई आमा छोरा आफ्नै घरमा मृत अवस्थामा शब फेला परेको छन् ।
चरङ्गेमा घर भएकी राधिका श्रेष्ठ र उनका छोरा सन्देश श्रेष्ठ चरङ्गेस्थित आफ्नै होटलमा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतकमध्ये राधिकाको टाउकोमा सामान्य चोट लागेको देखिएको छ ।
प्रारम्भिक अनुसन्धानमा कसैले हत्या गरेको हुन सक्ने आंशका गरिएको छ । प्रहरी घटनाको थप अनुसन्धान गरीरहेको बताएको छ ।
मृतक महिलाको श्रीमानको रोजगारीका लागि साउदी अरवमा मृत्यु भएको थियो । वैदेशिक रोजगारीको क्रममा साउदी पुगेका श्रीमान्को मृत्यु भएपछि उनी छोराको साथमा चरङ्गेमा होटल गरेर बस्दै बताइएको छ ।