प्रदर्शनका क्रममा जिल्ला पशु सेवा कार्यालयमा धर्ना दिन पुगेका व्यवसायी प्रर्दशनकारी र प्रहरी बिच दोहोरो झडप भएको छ ।
झडपमा तीन प्रहरी र दुई प्रदर्शनकारी घाइते भएको बताइएको छ ।
बर्डफ्लु पीडित किसानलाई क्षतिपूर्ति बढाउनु पर्ने, बर्डफ्लु नियन्त्रण प्रक्रिया वैज्ञानिक तबरबाट हुनुपर्ने, अवैध भ्याक्सिन कम्पनीलाई कारवाही गर्नुपर्ने लगायतका आठ बुँदे माग राखेर कुखुरा व्यवसायीहरु प्रदर्शनमा उत्रिएका हुन् ।




