भदौ ७ । उदयपुरको त्रिवेणी गाविस ६ ग्राँसमा गएराति ट्रिपर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
सिरिसेस्थित पटना भन्ज्याङबाट चुन ढुङगा र मान्छे बोकेर धनुषाको महेन्द्र नगर जाँदै गरेको ट्रिपर राति १० बजेतिर दुर्घटनामा परेको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ ।
ना ३ ख ६६ ६८ नम्बरको उक्त ट्रिपर अनियन्त्रित भई सडकबाट तल खसेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किसनसिंह थापाले बताए ।
घाइतेहरुलाई सिरहाको मिर्चैयास्थित नर्सिङ होम, सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पताल र विराटनगरमा उपचारका लागि पठाइएको प्रहरीले बताएको छ ।
ट्रिपर चालक भूपाल परियार भने फरार रहेकाले निजको खोजी भइरहेको प्रहरीले बताएको छ ।
Comments







