मुना मदनकी नायिका उषा पौडेल हिन्दी चलचित्रमा

 भदौ ७  । चलचित्र मुना मदनमा नायिकाको रुपमा देखिएकी नायिका उषा पौडेल अव बलिउड चलचित्रमा देखिने भएकी छिन् ।

तीन वर्ष भन्दा बढि देखि मुम्बईमा रहेकी नायिका उषा पौडेलले ओस्कार बिजेता चलचित्र ‘स्लमडग मिलेनियर’मा देखिएका नायक  अंकुर विकलको जोडीको भूमिकामा भर्खरै छायांकन  भएको चलचित्रको  ‘सुन लड्की” मा   मुख्य सह अभिनेत्रीको भुमिकामा  खेलेकी छिन ।

 मेरो वास्तविक नाम रुक्मणी हो, त्यसैले उता पासपोर्टमा भएको नामले नै चिनिने बताएकी छिन । अहिले दुई महिना जति कामबाट फुर्सद भएकाले  घर फर्किएको बताएकी छिन् ।

यस पटकको मेरो बसाई नितान्त पारिवारिक र व्यक्तिगत भएकाले मैले फेसबुकमा नेपाल आइसकेको स्ट्याटस मात्र लेखेकी थिए । त्यही स्ट्याटसका कारण केही साथीभाइले कन्ट्याक्ट गर्नुभयो ।

मैले पनि नजिकका साथीहरुलाई भेटेँ । भेटघाटमै बित्यो डेढ महिना । उनी आज मुम्बई जाँदैछिन् । आजको कान्तिपुर साप्ताहिकमा खबर छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।