के गर्नु भएको यस्तो ?

गाइजात्राका दिन वसन्तपुरमा आफ्ना स्वर्यिय आमाबुवाको फोटो बोकेर हिड्दै गरेका दाजु बहिनी ।

आफ्नो रितिरिवाज तथा भेषभुषा अनुसारको पोसाक नलगाएर यसरी घुमिरहेको देखेपछि हामीले के गर्नु भएको यस्तो ? भनेर सोधेका थियौँ । जवाफमा उनीहरुले आफूहरु विदेशमा रहेकाले यो पर्वबारे खासै थाहा नभएको तर सानैमा आमाबुवा बितेकाले उहाँको सम्झनामा आफूहरु पनि यसरी घुमेको बताए ।

यसरी घुम्नेलाई पैसा लगायत दिने गर्दछन् । तर उनीहरुले भने त्यो नलिई आमाबुवाको तस्वीरका साथ घुमेर गाइजात्रामा आफ्ना आमाबुवालाई सम्झिएका छन् । तस्बीरः बुद्धशरण शाही


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।