भदौ ७ । विश्व मानवता आन्दोलनका नायक बझाङ्गी राजा जयपृथ्बी बहादुर सिंहको १३७ औं जन्म जयन्ती सदरमुकाम बझाङ्गको चैनपरमा आज विशेष कार्यक्रम गरी मनाइँदै छ ।

जिल्ला सदरमुकामस्थित जयपृथ्वी सामुदायिक अध्ययन केन्द्र, सत्यवादी उच्च मावि र जयपृथ्बी बहुमुखी क्याम्पसले छुट्टाछुट्टै कार्यक्रम गरी मनाउने तयारी गरेका छन् ।

बझाङ्ग जस्तो दुर्गम जिल्लामा जन्मेर विश्वमा मानवताको नारा लिएरु घुमेको भन्दै सिंहको संझनामा प्रत्येक वर्ष भदौ ७ गते जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।