भदौ ७ । राष्ट्रपति डा. रामवरण यादव र मन्त्रीपषिद्का अध्यक्ष खिलराज रेग्मीबीच भेटवार्ता भइरहेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा जारी भेटवार्तामा चुनावी प्रक्रियाको तयारी, संविधानमा गर्नुपर्ने संसोधनका विषयमा छलफल भइरहेको स्रोतले बताएको छ ।

सरकारले चुनावका विषयमा गरेको तयारीका विषयमा जानकारी गराउन मन्त्रिपरिषद् अध्यक्ष रेग्मी शीतल निवास पुगेका हुन् ।
भेटवार्ताका चुनावी तयारी, दलहरुले गरेको छलफलका विषयमा केन्द्रित हुने रेग्मीको निजी सचिवालयले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।