भदौँ ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एक हप्ता भित्रमा गोलमेच सम्मेलन गर्न माग गरेका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले तोकिएकै मितिमा निर्वाचन गर्न एक हप्ता भित्रमा गोलमेच सम्मेलन गर्नु पर्ने बताएका हुन् ।

उनले मोहन बैद्य नेतृत्वको नेकपा माओवादी लगायतका दललाई निर्वाचनमा ल्याउने एक मात्र विकल्प गोलमेच सम्मेलन भएकाले राष्ट्रपति र मन्त्रिपरिषद्का अध्यक्षले यसका लागि पहल गर्नुपर्ने बताएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।