भदौ ६ । उदयपुरको जिल्लामा कार्यरत एक प्रहरी हवल्दारको ड्युटीकै क्रममा निधन भएको छ ।
ड्यूटी गरी रहेका खोटाङ सिम्पानी ४ बम का ३१ बर्षिय रमेश परियार एक्कासी बेहोस भएपछि उपचारका क्रममा जिल्ला अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
उनी बेहोस हुनु अगाडी मोबाइलको मेसेज हेर्दै गरेको र त्यसै क्रममा बेहोस भई भुइँमा ढलेका थिए ।
उनको हृदयघातका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले अनुमान गरेको छ ।



