पुनः अनिश्चितकालीन दार्जिलिङ बन्द

भदौ ६ । स्वतन्त्र गोर्खाल्याण्डको मागमा आन्दोलित दार्जिलिङमा झनै आन्दोलन चर्किएर गएको छ ।

त्यहाँ फेरि अनिश्चितकालिन दार्जिलिंग बन्दको घोषणा गरिएको छ ।

सात सय २१ नेता–कार्यकर्ता पक्राउ परेपछि अनिश्चितकालीन बन्द घोषणा गरिएको छ।

पश्चिम बंगालबाट अलग्गै स्वतन्त्र गोर्खाल्याण्डको माग गरेर गरिएको आन्दोलनको २० दिनको अवधिमा सात सय २१ नेता–कार्यकर्ता पक्राउ परेको भन्दै उनीहरुको रिहाईको मागमा पुनः अनिश्चितकालीन बन्दको आह्वान गरिएको हो ।

न्याय संगत किसिमले छुट्टै राज्य मागिरहँदा एकपछि अर्को गर्दै गरिएको आन्दोलनमा आफ्ना ७ सय भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ गरिएकाले उनीहरुको रिहाईका लागि निश्चितकालीन दार्जिलिङ बन्दको घोषणा गरिएको गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ ।

आन्ध्रप्रदशेबाट तेलङ्गना राज्य कायम भएपछि ३ अगष्टदेखि चलेको शान्तिपूर्ण आन्दोलनक्रममा आजसम्म आफ्ना सात सय २१ नेता–कार्यकर्ता पक्राउ परेको मोर्चाले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।