सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत टुंग्याउनुपर्ने द्वन्द्वकालीन मुद्दालाई हल गर्नुपर्नेमा त्यसो नगरी परम्परागत ढंगले कारबाही गर्न खोजिए त्यो नेपाली जनतालाई स्वीकार्य नहुने उनको भनाइ थियो । अग्रगामी शक्तिको दुई तिहाई बहुमत संविधानसभामा नहुँदा संविधानसभाले संविधान निर्माण नगर्दै भंग भएको दृष्टान्त प्रस्तुत गर्दै उनले यस पटकको निर्वाचनमा अग्रगामी शक्तिलाई दुई तिहाइ मत दिलाउने गरी तयारी गर्न युवालाई निर्देशन दिए ।
यसै गरी एमाओवादीका नेता डा.बाबुराम भट्टराईले विगतमा जस्तै वाईसीएलले निर्वाचन सफल पार्न विशेष भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउँदै एमाओवादीलाई मुलुकभर विजय गराउन सबै पार्टी पङ्क्ति परिचालित हुनुपर्नेमा जोड दिए । उनले क्रान्ति आंशिक रूपमा पूरा भए पनि जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने दिशामा पार्टी अगाडि बढिरहेको बताए । द्वन्द्वकालीन मुद्दाहरू ब्युँताइए एमाओवादी हातमा दही जमाएर नबस्ने चेतावनी दिँदै उनले त्यस्ता मुद्दामा एकजना मात्रै नेता तथा कार्यकर्ता पक्राउ परे परिस्थिति फरक ढंगले अगाडि बढ्ने बताए ।