३१ अगष्टमा जर्मनीको हाम्बर्गमा तीज गीत धमाका हुने

जर्मनीको हाम्बर्गमा नेपाली महिलाहरुको महान चाड हरितालिका तिज धमाका कार्यक्रम ३१ अगष्त २०१३ मा मुट थिएटर आमन्द स्ट्रासे ५८ स्टान सान्चे २०३५७ हाम्बर्गमा आयोजना गरिदै छ ।

हरेका बर्ष जस्तै यो बर्ष पनि यो कार्यक्रमको निरन्तरता दिइएको हो । प्रवासमा पनि नेपाली कला साँस्कृति र परम्परालाई सनातन नै गर्दै आएको देखिन्छ । हाम्बर्ग र यसको वरपर सहरमा रहने सबै नेपाली दिदिबहिनिहरु यस कार्यक्रममा सहभागी रहने बताइएको छ ।

तीज नेपाली नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज विदेशमा बस्ने नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।