जर्मनीको हाम्बर्गमा नेपाली महिलाहरुको महान चाड हरितालिका तिज धमाका कार्यक्रम ३१ अगष्त २०१३ मा मुट थिएटर आमन्द स्ट्रासे ५८ स्टान सान्चे २०३५७ हाम्बर्गमा आयोजना गरिदै छ ।
हरेका बर्ष जस्तै यो बर्ष पनि यो कार्यक्रमको निरन्तरता दिइएको हो । प्रवासमा पनि नेपाली कला साँस्कृति र परम्परालाई सनातन नै गर्दै आएको देखिन्छ । हाम्बर्ग र यसको वरपर सहरमा रहने सबै नेपाली दिदिबहिनिहरु यस कार्यक्रममा सहभागी रहने बताइएको छ ।
तीज नेपाली नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज विदेशमा बस्ने नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।