भदौ ५ । विश्व भ्रमणमा निस्केकी जापानीज युवती मोमोको फुकुहारा नेपाल आईपुगेकी छन् ।

“विश्वका महिलाहरुको खुसीको खोजी” भन्ने नाराका साथ महिला अधिकारको वकालत गर्दै उनी विश्व यात्रामा निस्किएकी हुन् ।

उनले नेपालमा रहँदा शक्ति समूह नेपाल नामक गैरसरकारी संस्थामा दुई दिन स्वयमसेवकका रुपमा काम गरी त्यहाँ आश्रित नेपाली महिलाहरुका बारेमा जानकारी लिने तथा भक्तपुरको नव युवा बाल सुधार समाज लगायत विभिन्न अनाथआश्रममा पुगी द्वन्द्वका कारण आमाबाबु गुमाएका अनाथ तथा असहाय बालबालिकाको बारेमा समेत बुझ्ने बताइएको छ ।

आफूले भ्रमण गरेका ७ वटा मुलुकको तुलनामा नेपालमा महिला हिंसा अत्याधिक पाएको फुकुहाराले बताएकी छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।