भदौ ५ । गुल्मी जिल्लामा गाई काटेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ह्वाङ्दी गाविस ४ निवासी ५० वर्षका धनबहादुर विश्वकर्मा गाई काटेर खाएको आरोपमा पक्राउ परेका हुन् ।

मंगलवार दिउसो आफ्नै घरमा गाई काटेर खाएको भन्ने सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गाई काट्ने काममा सहयोग गर्ने अरु चारजना भने फरार रहेको प्रहरीले जनाएको छ ।

मुलुकी ऐनको चौपाया महल अनुसार गाई काट्नेलाई १२ वर्षसम्म कैद सजायँ हुने व्यवस्था भएकाले गाई काट्नेमाथि कारबाही हुँदै आएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।