भदौँ ५ । गोर्खाल्याण्ड आन्दोलनको समर्थनमा राजधानी काठमाडौँमा गरिएको प्रदर्शनको गोर्खाल्याण्डको माग गर्दै आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले गम्भीर आपत्ति जनाएको छ ।
तीन दिन अगाडी गरिएको प्रदर्शनबारे मोर्चा र सिंगो दार्जिलिङ अनभिज्ञ रहेको मोर्चाले प्रतिक्रिया दिएको छ ।
गोर्खाल्याण्ड आन्दोलनमा नेपालको समर्थनको आरोप लागिरहेको अवस्थामा तीन दिन अगाडी भारतीय दुतावास अगाडी गोर्खाल्याण्डको समर्थनमा प्रदर्शन गरिएको थियो ।
उक्त प्रदर्शनले गोर्खाल्याण्ड नचाहने तत्वलाई प्रेरित गरेको समेत मोर्चाले जनाएको छ ।
केही समय अगाडी मात्रै भारतो राज्य सरकारको गुप्तचर विभागले मोर्चालाई नेपालका नेपाली माओवादीले सघाईरहेको आरोप लगाएर प्रतिवेदन दिएको थियो ।
Comments








