भदौँ । सामाजिक सञ्जाल फेसबुकका प्रमुख मार्क जुकर्रबर्गकै फेसबुक ह्याक गरिएपछि यो विषयले पछिल्लो पटक सामाजिक सञ्जालहरु निक्कै तातेको छ ।

फेसबुकको प्राविधिक त्रुटीबारे जानकारी गराउँदा पनि फेसबुक टिमले वेवास्ता गरेको भन्दै चेतावनी स्वरुप एकजना प्यालेस्टाइनी युवकले माफ माग्दै फेसबुक ह्याक गरी उनको वालमा लेखेका थिए ।

फेसबुकका प्रमुखको नै फेसबुक एकाउन्ट ह्याक भएपनि त्यसमा रहेको डाटा कति सुरक्षित छन् भनेर समेत प्रश्न उठेका छन् ।

यस्तै बेला, फेसबुकले यसअघि आफ्नो प्राविधिक त्रुटी पत्ता लगाउने मानिसहरुलाई पुरस्कृत समेत गर्दै आएको थियो । तर अहिले भने प्यालेस्टाइनी नागरिक श्रेटेहलाई भने फेसबुकको नियम उल्लंघन गरेको भन्दै पुरस्कार समेत नदिने भएको छ ।

यसो भएपछि यो विषय झनै चर्चामा पुगेको छ । फेसबुकले श्रेटेहलाई पुरस्कार नदिने भएपछि विश्वभरका ह्याकरहरु भने मिलेर श्रेटेहलाई पुरस्कार दिने निर्णयमा पुगेका छन् ।

उनीहरुले १० हजार डलर संकलन गरी उनलाई पुरस्कार प्रदान गर्ने तयारी थालेका छन् ।

साइबर सेक्युरिटी र्फम बियोण्ड ट्रस्टका मुख्य प्राविधिक अधिकृत मार्क मेफ्रेटले आफ्ना विश्वभरका समकक्षीहरुसँग श्रेटेहलाई पुरस्कार दिनका लागि आर्थिक सहयोग गर्न आग्रह समेत गरेका छन् ।

मंगलबारसम्म श्रेटेहलाई पुरस्कार प्रदान गर्न ९ हजार डलर संकलन भैसकेको समेत बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।