बज्र झै बन्यो महानगरपालिका

भदौँ ५ । काठमाडौँको प्रदर्शनीमार्ग । त्यो पनि नेपाल ल क्याम्पसकै अगाडी । जहाँ कानुनका विद्धान तथा विद्यार्थीहरु नै भेटिन्छन् ।

केही दिन अगाडीको मात्रै हो कुरा । त्यही क्याम्पसको गेट अगाडी ठेला गाडीमा आइसक्रिम बेच्दै हिड्ने एक व्यापारी आइरहेका थिए । पछाडीबाट महानगरपालिकाको गाडी आएर उनकै अगाडी रोकियो । व्यापारीले सोचेका पनि थिएनन् होलान- ‘त्यही गाडी र त्यहाँ भित्र रहेका महानगरपालिकाका सिपाहीहरु आफ्नो रोजीरोटीमाथि जाईलाग्लान् भनेर त ।’

तर, सबैका अगाडी गाडीमा उनको ठेला जबरजस्ती हालियो । उनले हारगुहार गरे । केही लागेन । नमस्कार गरे, खुट्टा समेत अठ्याए । म हिड्दै थिए भनेर पटक पटक गुहारे । तर उनका बिन्तिहरु खेर गए ।

अन्तमा ठेलालाई नै गाडी हालेपछि उनीपनि त्यहीँ झुण्डिए ।

वरपर रमिता हेर्नेहरुले भन्दै थिए । त्यसको गल्ति थिएन ।

उसको के दोष थियो तिनै सिपाहीहरुलाई थाहा हुनुपर्छ । तर त्यस वरिपरिकालाई भने तिनीहरुको चर्तिकलाले लज्जित बनाएको थियो । अझ, त्यस वरपर क्यापस अगाडी पार्किङ गरेर राखेका मोटर साईकलहरुमाथि भने ती सिपाहीका आँखाका नजर समेत परेका थिएनन् ।

असईका लागि सयौँको लाइन हुँदै हिडिरहेका उनले अरुलाई गरेर खानुपर्छ भनेर पाठ पनि सिकाईरहेका थिए ।

तर, उनको मिहेनतमा बज्र बस्रे झैँ भयो । अनि यसरी पुगे महानगरपालिका भिडियोमा हेर्नुहोस्:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।