
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाललाई हृदयाघातपछि अस्पताल भर्ना गरिएको छ ।
दाहाललाई आइतबार बिहान पाँच बजे काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्नापछि उपचार भईरहेको छ ।
स्रोतका अनुसार उनको अवस्था गम्भीर छ । अस्पतालले उपचार भईरहेको जनाएको छ ।
चुनावी अभियानमा उपत्यका बाहिर रहेका प्रचण्ड काठमाडौं फर्कदैछन् ।
Comments