भदौँ ५ । सिङ्गापुरमा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ।

नेपाल पाकिस्तानको २३ वर्ष मूनिको समुह चरणको टोलीसँग  आज ९ विकेटले हार  बेहोरेको छ । हार संगै नेपालको अगाडीका यात्रा सकिएको छ ।

नेपालले टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर पाकिस्तानलाई  एक सय ५७ रनको लक्ष्य  दिएको  थियो ।

 निर्धारित  लक्ष्यलाई आक्रामक ब्याटिङ्ग गर्दै पाकिस्तानले ३३ ओभर एक बल खेल्दै एक विकेटको  गुमाएर  भेटाएको थियो ।  पाकिस्तानका  बबर अजामले नट आउट शकत प्रहार गरे भने हम्मद अजामले ४१ रन बनाए । यस्तै अजिम घुम्मनले १५ रन बनाएर पकिस्तानलाई बिजयी  बनाए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।