सरोज ढुंगेल
भदौ ५ । चीनमा एमविविएस सकेर आएका विद्यार्थीलाई नेपालमा इन्टर्नसिप गर्न नेपाल मेडिकल काउन्सिलले स्वीकृत नदिएपछि विद्यार्थीहरु अन्यौलमा परेका छन् ।
चीनमा एमविविएस अध्ययन गरेर नेपाल फर्केका विद्यार्थीहरुले भने चीनमा बिरामीसंग घुलमिल गर्न भाषाको समस्या हुने भएकोले नेपालमै इन्र्टनसिप गर्न पाउनुपर्ने माग गरेका छन् । तर नेपाल मेडिकल काउन्सिलले कुनै पनि हालतमा चीनबाट अध्ययन गरेर आएका डाक्टरी विद्यार्थीलाई इन्र्टनसिपको लागि स्वीकृत नदिने बताएको छ ।
विद्यार्थीहरुलाई पुनरावेदन अदालतबाट नेपालमा नै इन्र्टनसिप गर्न दिनु भन्ने आदेश दिएपनि चीनबाट डाक्टरी पढेर आएका अधिकांश विद्यार्थीहरु लाईसेन्स परीक्षामा फेल हुन थालेपछि चीनको एमविविएस पढाईप्रति पनि प्रश्न चिन्ह उठ्न थालेको छ । पुनरावेदनले आदेश दिए पनि मेडिकल काउन्सिल भने अब सर्वोच्चमा जाने तयारीमा रहेको छ ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.दामोदर गजुरेल संसारमा एउटा विश्वविद्यँलयमा अध्ययन गर्ने र अर्कै देश वा अस्पतालमा आएर इन्र्टनसिप गर्न नमिल्ने बताएका छन ।
जुन युनिभर्सिटीमा अध्ययन गरेको हो त्यहि युनिभर्सिटीले नै इन्र्टनशिपको लागि व्यवस्था गर्नुपर्ने भन्दै नेपालमा कुनै पनि हालतमा स्वीकृत नदिने बताएका छन । अमेरिका, बेलायत, रुस, बंगलादेश, जापान लगायतका देशमा एमविविएस सकेर आएका विद्यार्थीहरुले पनि नेपाल मै इन्र्टन गर्न पाउनुप¥यो भनेर आएभने हामिले कसरी धान्न सक्छौं काउन्सिलका अध्यक्ष डा. गजुरेलका अनुसार “जुन विश्वविद्यालयमा विद्याँर्थीले अध्ययन गरेको हो , इन्र्टनसिप गराउने दायीत्व पनि यही विश्वविद्यालयको हो ।”
Comments