एमाओवादीमा प्रवेश गराउने क्रममा उनलाई केन्द्रिय सदस्य बनाउने र चुनावका लागि सिट समेत दिने भनेर चर्चा चलेको थियो । त्यसैका आधारमा पनि रेखा थापाले आफू मोरङबाट चुनाव लड्न तयार रहेको बताएकी थिइन् ।
तर, एमाओवादी मोरङले संविधानसभा निर्वाचनका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । सिफारिस गरिएको नामावलीमा भने रेखा थापाको नाम छैन ।
एमाओवादी मोरङले केन्द्रीय नेताहरू पुन, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल र गोपाल किराँतीको नाम विशेष भनेर सिफारिस गर्दै तीन जना मध्ये एक जना चुनावमा लड्नैपर्ने जनाएको छ । जहाँ क्षेत्र नम्बर एक देखि ९ सम्मकै लागि पार्टीले नामावली सिफारिस गरेपनि कुनै पनि क्षेत्रमा रेखा थापाको नाम भने उल्लेख गरिएको छैन ।
क्षेत्र नम्बर ८ स्थायी घर भएकी अभिनेत्री रेखा थापा सोही क्षेत्रबाट चुनाव लड्ने भनिएको थियो । तर उनी त्यहाँ नपरेकी हुन् ।
यसैबीच, आज रेखा थापाले आफ्नो जन्मदिन मनाई रहेकी छिन् ।