भदौ ४ । ललितपुरको ग्वार्कोमा गस्तिमा हिडिरहेका एक जना प्रहरी हवल्दार आफैँले बोकेको हतियार पड्किएर आफैँ घाइते भएका छन् ।

सशस्त्र प्रहरीका हवल्दार लक्ष्मण बुडाल आफैँले बोकेका हतियार पड्किएर घाइते भएका हुन् । उनको अवस्था सामान्य रहेको ललितपुर प्रहरी प्रवक्ता रामदत्त जोशीले हेलोखबर डटकमलाई बताए ।

उनको अहिले वि एण्ड वि अस्पतालमा उपचार भईरहेको छ ।

बैतडीको दशरथ चन्द नगरपालिका घर भएका बुडाल शसस्त्र प्रहरीको सुरक्षा वेसक्याम्प खुमलटारमा कार्यरत थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।