भदौ । १९ औ विश्व आदिवासी दिवसका अवसर पारेर जर्मनीको हाम्बर्गमा भएको जनजातिहरुको एक भेलाले नेपाल आदिवासी जनजाति महासंघ जर्मनी निर्विरोध गठन गरेको छ ।
नेपाल आदिवासी जनाजाति महासंघ बेल्जियमका अध्यक्ष पेम्बा गेल्बु शेर्पाको विशेष उपस्थितिमा १७ अगस्तका दिन सम्पन्न जर्मनीमा रहेका जनजातिहरुको भेलाले गंगालाल श्रेष्ठको संयोजकत्वमा आदिवासी जनजाति महासंघ जर्मनी तर्दथ समिति गठन गरेको हो ।
यसैगरी समितिको उपसंयोजकमा वि याकथुङपा, महासचिबमा शेकराज सुनुवार, कोषाध्यक्षमा पासाङ डेन्जी सेर्पा रहेका छन । साथै सदस्यहरुमा विकास प्रधान, संजु राई, चिरन श्रेष्ठ, शेर बहादुर तुम्बापो, रिषी राई, रुद्र सुब्बा, मैती रानी राई, इन्द्र गुरुङ, चिरिङ राई, पदम आले, राज श्रेष्ठ, गणेश गुरुङ, बेल बहादुर गुरुङ, शिब श्रेष्ठ र उमेश लिम्बु रहेका छन भने समितिको संरक्षकमा राम बहादुर राइ, दावा गेल्जे शेर्पा, सञ्चमान जवेगु र चाप्चा राइ रहेका छन ।
आदिवासी जनजातिको पहिचानका लागि ऐक्यबद्धता जुटाउन ठूलो आवश्यकता भएको महसुस गर्दै देश विदेशमा रहेका जनजातिहरू एक भई नयाँ संविधानमा पहिचान सहितको संघीय नेपाल निर्माण स्थापित गराउनका लागि सबै प्रकारका सहयोग गर्ने उद्धेश्यले आदिवासी जनजाति महासंघ जर्मनीको गठन गरिएको आयोजकले जनाएको छ ।
Comments