भदौ ४ । इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत भारतसँग ८४ रनले पराजित भएको छ ।

सिंगापुरमा जारी प्रतियोगितामा भारतको २३ वर्षमुनीको टोलीसँग नेपाल पराजित भएको हो । भारतका २३ वर्ष मुनिका खेलाडी भएपनि त्यहाँ आईपीएल खेलेका खेलाडीहरुको बाहुल्यता थियो ।

आजको खेलमा भारतले प्रस्तुत गरेको २ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय रनमै सिमित हुन पुग्यो ।

लगातार दुई हारसँगै नेपालको अघिल्लो चरण प्रवेश कठिन बनेको छ ।

यसअघि अफगानिस्तानविरुद्धको खेल नेपाल ३ रनले पराजित भएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।