भदौ ४ । अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियारको छानविनमा परेका भौतिक योजना तथा निर्माण मन्त्री छविराज पन्तले केसम्म गर्दा रहेछन् भन्ने एकपछि अर्को उदारण भेटिएको छ ।

कांग्रेस नेता शेरबहादुर देउवाको सिफारिसमा मन्त्री भएका पन्तका हर्कत देखेर कांग्रेसीजन नै लज्जित हुन थालेका छन् ।
पैसा भनेपछि जे पनि गर्न तयार हुने मन्त्री पन्तको पछिल्लो एउटा कामले मन्त्रालयका कर्मचारी दंग परेका छन् । उनले पछिल्लो पटक दिएको एक नियुक्तिले ठूलै बबण्डर मच्चाको छ ।

हालै मात्र मन्त्री पन्तले सहसचिवलाई सचिवभन्दा माथिको पदमा नियुक्ति दिए । सहरी विकास सचिव किशोर थापामातहत रहेर काम गरिहेका सहसचिव नारायणप्रसाद रेग्मीलाई राज्यमन्त्रीसरहको अधिकार सम्पन्न वाग्मती एकीकृत सभ्यता विकास समितिको अध्यक्षमा नियुक्ति दिएका छन् ।

वागमती प्रभावित गाविसका प्रतिनिधिलाई बोर्ड सदस्यबाट हटाएर मन्त्री पन्तले आफू निकटका सदस्य नियुक्त गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

मन्त्री पन्तले कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको सिफारिसमा नरेशबहादुर स्वा“रलाई अध्यक्षमा नियुक्त गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए । तर, स्वा“रको नाममा निर्णय गराउन नसकेपछि मन्त्री पन्तले रेग्मीको नाम सिफारिस गरेका हुन् । स्वारले मन्त्री पन्तस“ग असन्तुष्टि राखेका छन् । सुविधानगरमा भव्य महल समेत रहेका मन्त्री पन्तको निजामति सेवामा रहँदा समेत राम्रो छवि थिएन ।

मन्त्री पन्त पैसा भनेपछि जस्तो सुकै काम पनि गर्न तयार हुने मन्त्रालयका कर्मचारीहरु नै बताउँछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।