भदौ ३ । बिहीबार जनकपुर उड्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्ने क्रममा पूर्व प्रधानमन्त्री एवं एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गाडीमै विमानको ढोकासम्म पुगे । उनलाई त्यहाँ नियम विपरित विमानस्थलमा जहाजको ढोकासम्म गाडी लैजान पाउने पुरानै सुविधा दिइएको थियो ।
त्यो क्रम त्यतिमै रोकिएन आइतबार पनि आफ्नो गाडी विमानको ढोकासम्मै लगेका छन् ।
काठमाडौंबाट जाने क्रममा उनको गाडी जहाजको ढोकासम्मै पुगेको थियो भने फर्कदा उनको गाडी जहाजसम्म मात्र पुगेन, छोरा प्रकाश पनि सुरक्षा निकायले प्रयोग गर्ने सञ्चारसेटसहित रनवेमा देखा परेको आजको अन्नपूर्ण पोष्टले खबर छापेको छ ।
![]() |
| यसअघि डिएसपीको दर्जा अंकित प्रहरीको पोसाकमा देखिएका प्रचण्डपुत्र । प्रहरीको दर्जानी चिह्न अरुले प्रयोग गर्नु गैरकानुनी हुने भएपनि शक्तिका आडमा प्रचण्ड पुत्रलाई भने कानुनले छोएको छैन । |
सुरक्षा निकायले प्रयोग गर्ने सञ्चारसेट अन्य कसैले पनि बोक्न पाइदैन भने विमानको ढोकासम्म गाडी लैजानसम्म पाइदैन । तर यी दुवै कार्य शक्तिको आडमा गरिएको स्पष्ट छ । देशको संविधान सिस्टम बनाउन भनेर भाषण ठोक्ने उनीहरु नै यस्ता काम गर्नाले सर्वसाधरण भने लाजले मुख छोप्नुपर्ने अवस्था छ ।
समाचारमा जनाइए अनुसार प्रचण्डपुत्र प्रकाश कुनै पनि सुरक्षा निकायमा कार्यरत छैनन् तर, उनले रनवे जस्तो संवेदनशील क्षेत्रमा प्रवेश गर्ने सञ्चारसेट बोक्ने अधिकार कसरी पाए भन्ने खुल्न सकेको छैन ।
राज्यको सुरक्षा निकायले बोक्ने सञ्चार सेट उनलाई कसले दियो र त्यो बोक्ने अधिकार कसरी पाए भन्ने विषयमा बुझ्न खोज्दा विमानस्थलमा खटिएका प्रहरी र अधिकृतले अनभिज्ञता प्रकट गरेका छन् ।
रनवे जस्तो संववेदनशील क्षेत्रमा सञ्चार सेटसहित अनधिकृत व्यक्ति पुग्दा सुरक्षा निकायका अधिकारीहरू उनकै वरिपरि थिए । तर उनीहरुको आँखामा उक्त कुरा भने परेको नपरै भयो ।
कहिले केटी काण्ड त, कहिले के के गरेर प्रोपोगान्डाका रुपमा विवादमा आईरहने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले यसअघि भद्धने नेपाल प्रहरीको पोसाक लगाएको फोटो सार्वजनिक गरेर विवादमा आएका थिए ।






Lol. this is not an original dress. How can u even make these baseless news? Then might be u could makes news on actors such as Rajesh Hamal, etc for wearing duplicate dresses. Shame on those who use media for wrong purpose!
Lau aba netale chai j pani garna paune bhaechhan…Khasma yasta manparitantra garnelai kunai din Gyanendralai jastai janatale karbahi garnechhan.