भदौ,३ ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका एसएलसी पूरक परीक्षाको परीक्षाफल भदौ महिनाभित्र प्रकाशन गर्ने  जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षामा उत्तीर्ण विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न मिल्ने गरी कार्यालयले छिटो नतिजा प्रकाशित गर्न तीव्ररूपमा काम गरेको  जनाएको छ । 
उत्तरपुस्तिका परीक्षणका लागि कुल १८ वटा परीक्षण केन्द्र तोकेर परीक्षण भइरहेको छ । देशभर १८ वटा उत्तरपुस्तिका परीक्षण केन्द्र तोकेर केन्द्रमा आवश्यक पर्ने सामग्री र उत्तरपुस्तिका पुस्तिका पुर्‍याउने काम सकिएको छ, छिटो परीक्षण सकेर यसै महिनाको अन्तिम सातासम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक प्रल्हाद अर्यालले बताएका छन । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।