भदैँ ३ ।  ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो उक्तिलाई आत्मसात् गरी चारजना नेपाली युवाले मंगल ग्रहमा पुग्ने सपना साँचेका छन् । 
उनीहरूले हावादारीमा यो सपना साँचेका भने होइनन् । मार्स वान नामको संस्थाको छनोटमा परे उनीहरू साँच्चिकै रातो ग्रहमा पुग्नेछन् । तर, उनीहरू त्यहाँबाट फर्कन भने पाउने छैनन् । मार्स वान नामको सो परियोजनाका लागि हालसम्म १ लाखभन्दा बढीले आवेदन भरेकोमा चारजना नेपाली छन् । नेपालका समिर न्यौपाने, प्रकाश सुवेदी, अनिल पोखरेल र केशव पाध्येले रातो ग्रहमा जान निःशुल्क एकतर्फी टिकटका लागि आवेदन दिएका हुन् । मार्स वानले सन् २०२२ सम्ममा मंगलमा मानिस पठाइसक्ने बताएको छ ।
सानैदेखि स्टार ट्रेक र स्टार वार हेरेर हुर्किएका २१ वर्षीय समीर न्यौपानेले मार्स वानलाई दिएको भिडियो आवेदनमा आपूmले सधैं ताराहरूमा गएको सपना देख्ने गरेको बताएका छन् । ‘मंगल ग्रहमा जान म जे पनि गर्न सक्छु, कृपया मलाई एउटा मौका दिनुहोस्, म तपाईंलाई निराश बनाउने छैन,’ उनी भन्छन्, ‘मेरो मुलुक नेपालको लागि र पृथ्वीवासीका लागि म त्यहाँ जान तयार छु ।’ अन्तरिक्षमा चाख राख्ने समीरले आफूलाई वेबपेज डिजाइनिङ, जाभा र भावी जेट यातायात प्रविधिले निकै आकर्षित गर्ने गरेको उल्लेख गरेका छन् । पर्यटन क्षेत्रमा काम गर्ने ३१ वर्षीय केशव पाध्येले आफूलाई चुनौती मन पर्ने र नयाँ कुरा हेर्न र अनुभव गर्न मन पर्ने बताएका छन् ।
‘मलाई एड्भेन्चर मन पर्छ, त्यसैले यो मौका मलाई दिनुपर्छ,’ मार्स वानलाई दिएको आवेदनमा उनले भनेका छन् । मार्स वानले यी १ लाख आवेदकबाट चारजना नेपालीलाई एक दशकभित्र मंगलग्रह पु¥याउने लक्ष्य राखेको छ । तर, यसरी छानिएका मानिसलाई पृथ्वीमा फर्कने व्यवस्था गरिएको छैन । उनीहरूले आङ्खनो बाँकी जीवन मंगल ग्रहमै अनुसन्धान गरेर बिताउनुपर्ने पीसी पत्रिकाले जनाएको छ । १२ वर्षको उमेरमा अमेरिका पुगेका नेपाली मूलका अनिल पोखरेलचाहिँ मानव सभ्यताको विस्तारका लागि आपूmले योगदान दिन चाहेको बताउँछन् ।
‘मानव सभ्यता विस्तार गर्ने यो मौका हासिल गर्न म जुनसुकै जोखिम मोल्न तयार छु, यसमा मलाई सहयोग गर्नुहोस्,’ मार्स वानलाई उनले भनेका छन् । विज्ञान र ध्यानमा चाख राख्ने यी २९ वर्षीय युवकले पानीलाई टुक्र्याएर अक्सिजन उत्पादन गर्ने शोधमा सहभागी हुने इच्छा पनि व्यक्त गरेका छन् । त्यसैगरी, प्रकाश सुवेदीले आपूm नयाँ बाटो, नयाँ ठाउँ जान र नयाँ कथा सुनेर निकै उत्साहित भएको बताएका छन् । उनले पनि मंगल ग्रह जान दाबेदारी प्रस्तुत गरेका छन् । मानिसलाई मंगल ग्रह पठाउन करिब ६ अर्ब डलर लाग्ने डच संस्थाले जनाएको छ ।
ओबामा प्रशासनले सन् २०३० को दशकमा मानिसलाई मंगलको सतहमा पु¥याउने उद्देश्य राखेको छ तर त्यसअघि नै मार्स वानले त्यहाँ मानव बस्ती थालिसक्ने लक्ष्य लिएको छ । यी आवेदकमध्येबाट मार्स वानले सबै महाद्वीपका मानिसलाई संकलन करी कुल ४० अन्तरिक्षयात्री तयार गर्नेछ । उनीहरूमध्ये दुई पुरुष र दुई महिला सन् २०२२ को सेप्टेम्बरसम्ममा मंगल ग्रहका लागि उडिसक्नेछन् । चारजनाको अर्को समूह दुई वर्षपछि पठाइने मार्स वानले जनाएको छ । छनोटमा परेका अन्तरिक्षयात्रीले गोप्य स्थानमा आठ वर्ष तालिम लिनुपर्नेछ । परियोजनाको वेबसाइटका अनुसार उनीहरूले बासस्थानको मर्मत, अन्तरिक्षमा तरकारी उमार्ने तरिका र नियमित तथा गम्भीर चिकित्सा ९जस्तो कि दन्त समस्या, मांसपेसी च्यातिएको समस्या र हाड भाँचिएको आदि० बारे तालिम लिने मार्स वानको वबेसाइटमा उल्लेख छ ।
मार्स वानले गएको १९ अप्रिलबाट आवेदन लिन थालेको हो । १८ वर्ष पुगेका जोसुकैले मंगल ग्रह यात्राका लागि आवेदन दिन सक्नेछन्, तर आवेदनका लागि देश हेरेर पाँचदेखि ७३ डलरसम्म दर्ता शुल्क लाग्नेछ । अमेरिकी नागरिकले ३८ डलर तिर्नुपर्नेछ भने मेक्सिकालीले मात्र १५ डलर । कुल गार्हस्थ उत्पादनका आधारमा शुल्क तय गरिएको हो । साभार: राजधानी दैनिक
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।