भदौ ३ । धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठलाई सूचना नदिएको अभियोगमा कारबाही गरिएको छ ।

राष्ट्रिय सूचना आयोगले उनलाई दुई हजार रुपैयाँ जरिवाना गरेको हो ।

साउथ एसियन पार्टनरसिप९साप० नेपालको कार्यकारी भएको समयमा गरिएको निर्णयको सूचना माग गर्दै अयोगमा निवेदन परेपछि पनि अटेर गरेको भन्दै आयोगले उनलाई कारबाही गरेको हो ।

साप नेपालकै सदस्य केदारप्रसाद गौतमले सुचना माग गर्दै सुचना आयोगमा निवेदन दिएका थिए ।

सार्वजनिक संघसंस्थाले आफ्ना गतिविधिलाई बाहिर ल्याएर तथा कसैले पनि सूचना माग गरेमा दिनुपर्ने सूचनाको हक अन्तर्गत पर्दछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।