भदौ २ । बैतडीमा चार छोराछोरीका बाउले नै ९ वर्षिया छोरीलाई बलात्कार गरेका छन् ।
बैतडीको सलेनामा रातको समयमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
असार २८ गते मध्यरातमा आफ्नै बाबुबाट बलात्कृत भएकी बालिका दोस्रो दिन घरबाट भागेर छिमेकीको घरमा शरण लिन पुगेपछि घटना सार्वजनिक भएको थियो ।
घटना झण्डै हप्तादिन अघि घटेपनि प्रहरीले ढिलो गरी खबर पाएको बताइएको छ । बलात्कृत बालिकाको जिल्ला अस्पताल बैतडीमा स्वास्थ्य परिक्षण गरिएको छ ।
Comments